चितवन विशेष
प्रधानन्यायधिशको राजीनामा माग्दै चितवनमा प्रदर्शन (फोटो फिचर)

चितवन, कात्तिक २७–
मानवअधिकार तथा शान्ति समाजले चितवनको नारायणगढमा प्रधानन्यायधिशको राजीनामा माग गदै प्रदर्शन गरेको छ ।
न्यायलयलाई बन्दी बनाउन पाइँदैन, भागभण्डा खोज्ने प्रधानन्यायधिश चाँहिदैन भन्दै प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजीनामा वा बर्हिगमनको माग गर्दै समाजले प्रदर्शन गरेको हो ।
प्रधानन्यायधिश शिघ्र राजीनामा देउ, सौदाबाजी गर्ने प्रधानन्यायधिश चाहिदैन, न्यायलय दुषित गर्न पाइदैन, प्रधानन्यायधिशले राजीनामा नदिए महाअभियोग लगाउ, वर्तमानको आवश्यकता न्यायलयको शुद्धिकरण, न्यायलयमा भागभण्डा बन्द गर, न्यायलयमा राजनीतिक नियुक्ती बन्द गर जस्ता प्ले कार्ड लिएर नगर परिक्रमा समेत गरेको थिए ।

प्रदर्शनमा बोल्दै समाजका संस्थापक सभापति वरिष्ठ मानवअधिकारवादी नेता कृष्ण पहाडीले न्यायलयलाई कुनैपनि समयमा धमिलाउने काम गर्न नहुने बताउँदै जबराले शिघ्र राजीनामा दिनुपर्ने बताउनुभयो । सौदाबाजी गर्ने प्रधानन्याधिश चाँहिदैन, न्यायलय दुषित गर्न पाइदैन भन्दै अधिकारवादी पहाडीले वर्तमानको आवश्यकता न्यायलयको शुद्धिकरण आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायधिशले तुरुन्त राजीनामा दिनुको विकल्प नरहेको बताउनुभयो । न्यायलय जस्तो पवित्र ठाउँलाई धमिलाउने काम भएकाले आफूहरु सडकमा आउन बाध्य भएको बताउनुभयो । जनतालाई न्याय दिने अंगका रुपमा रहेको न्यायलय शुद्धिकरण गर्नुपर्ने समय आएकाले बाध्यकारी रुपमा आफुहरु यो कदम चाल्नु परेको बताउनुभयो ।

यस्तै मानवअधिकार तथा शान्ति समाजले नवलपुरको गैंडाकोटमा शुक्रबार र शनिबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३२ जिल्लाबाट एक सय भन्दा बढी सदस्यहरुको सहभागिता रहेको चितवन शाखाका सभापति तथा कार्यक्रम संयोजक शम्भु राउतले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा समाजका संस्थापक सदस्य कृष्ण कंडेल, पूर्व सभापति होमकान्त चौलागाई, वरिष्ठ उपसभापति शुशील बस्नेत, महासचिव रामकृष्ण बराललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


























