चितवन विशेष

भेरिनिका व्यूटी पार्लर नयाँ व्यवस्थापनमा

Banner

चितवन, कात्तिक २७–

विगत लामो समयदेखि सौन्दर्य पेशामा रही काम गर्दै आउनु भएकी दिपिका श्रेष्ठ खड्कीले अत्याधुनिक एवम् सुविधा सम्पन्न तरिकाले नयाँ व्यवस्थापनमा नारायणगढस्थित मिलन मार्केट, शहीदचोकमा भेरिनिका व्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टरको शुभारम्भ गर्नुभएको छ ।

एक दशकदेखि सौन्दर्य पेशामा रही चितवन, नवलपरासी लगायतका जिल्लाहरुका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आउनु भएको थियो । भेरिनिका व्यूटी पार्लरमा माइक्रो ब्लान्डडिनेड, आई लेसेस एक्सटेन्सन, फेसियल, थैडिङ, हेयरकटिङ, हाइलाइट, कलर, मेनिकेयर पेडिङ, बेहुला बेहुली मेकअप मेहन्दी सम्बन्धि काम गरिने पार्लरकी सञ्चालिका दिपिका श्रेष्ठ खड्कीले बताउनुभयो ।

उद्घाटनको एक महिनासम्म २ वटा फेसियलमा एउटा फेसियल फ्रि, हेयर केराटिन प्रोटिनमा हाईलाईटस् फ्रि, नेल एक्सटेन्समा नेल आर्ट फ्रि, पेडिक्युरमा मेनिक्युर फ्रि, २ वटा किलिजिङमा एउटा किलिजिङ फ्रि, लेग वासमा ह्याण्ड वास फ्रि जस्ता विभिन्न सेवाहरुको आकर्षण रहेको खड्कीले बताउनुभयो । अबको समय भनेको ज्ञान, सिपको समय भएकोले त्यसलाई मध्यनजर गर्दै समयानुकुल व्यूटी पार्लर सम्बन्धि तालिमहरु समेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।

करिब १५ लाख रुपैयाँको लगानीमा सञ्चालन भेरिनिका व्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टरले आफ्ना ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै पार्लर सम्बन्धि तालिमहरुसँगै पार्लर खोल्न चाहनेहरुलाई पार्लरका सामाग्रीहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको खड्कीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>