Breaking News
चितवनमा आज थपिए ११ कोरोना संक्रमित, हाल सम्म मृत्कको संख्या ४२८ पुग्यो
०

चितवन, कात्तिक २७-
चितवनमा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्या कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकाको सात खैरहनी नगरपालिकाको तिन र रत्ननगरपालिकाको एक गरी आज ११ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १६६ जनाको पिसियार परिक्षण गर्दा सात जना र १७ जनाको एन्टिजेन परिक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्या कार्यालय चितवनले जनाएको छ । त्यस्तै आज ११ जनामा संक्रमण पुष्टि भएसँगै चितवनका कोरोना संक्रमितको कुल संख्या २६८०८ पुगेको छ भने मृत्कको संख्या ४२८ पुगेको छ ।
हाल चितवनमा २४१ जना सक्रिय संक्रमित रहेका छन् जस मध्या अस्पतालको आइसोलेसनमा ११ जना र घरको आइसोलेसनमा १३० जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























