चितवन विशेष

भरतपुरको सप्तगण्डकी क्याम्पसको प्रगतिशिल प्राध्यापक संगठनमा उपाध्यायको नेतृत्व

Banner

चितवन, कात्तिक २७-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको एमाले निकट प्रगतिशिल प्राध्यापक संगठनको अध्यक्षमा गिरीराज उपाध्याय चयन भएका छन् ।

आज सम्पन्न साधारण सभा तथा अधिवेशनले उपाध्यायलाई अध्यक्षमा चयन गरेको हो । संगठनको उपाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली, सचिवमा लिलाराज लोहनी, उपसचिवमा पदमलाल भारती र कोषाध्यक्षमा नरेन्द्र कँडेल चयन भएका छन् । त्यसैगरी ११ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विन्दु ओस्ती, दिपेन्द्र अधिकारी, रामप्रसाद तिवारी, मनोजकुमार महतो, भूपेन्द्र खड्का र भुवनकुमार दाहाल रहेका छन् ।

निवर्तमान कार्यसमितिका कोषाध्यक्ष हरिहर न्यौपानेको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन शत्रमा नेपाल प्रगतिशिल प्राध्यापक संगठनका जिल्ला संयोजक धर्मराज घिमिरे, सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, क्याम्पसका व्यवस्थापन विभागका प्रमुख कपिलदेव सुवेदी, त्रिवि कर्मचारी संगठन केन्द्रीय सदस्य एवम् सप्तगण्डकी बहुमुखी क्याम्पस कर्मचारी संगठनका अध्यक्ष कृष्णप्रसाद भुसाल, अनेरास्ववियु जिल्ला अध्यक्ष प्रकाश आचार्य र अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष हरि आचार्यले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले चितवनको कम्युनिस्ट इतिहासमा सप्तगण्डकी बहुमुखी क्याम्पसको आफ्नै गरिमा र योगदान रहेको भन्दै क्याम्पसको नयाँ नेतृत्व एमालेको थिङ्क ट्यांकको रुपमा अगाडि बढ्नुपर्ने शुभकामना दिएका थिए । कार्यक्रममा क्याम्पस प्रमुख महतोले क्याम्पसको शैक्षिक गुणस्तर उकास्नमा एमाले निकट प्राध्यापकहरु झनै बढी जिम्मेवारी र प्रतिबद्ध भएर लाग्नुपर्ने विचार राखे ।

बीबीए तथा बीआईएम कार्यक्रम संयोजक अनोज जोशीले सञ्चालन गरेको अधिवेशनको बन्द शत्रमा विष्णु ज्ञवालीको अध्यक्षतामा गठित निर्वाचन मण्डलले कार्यसमितिको सर्वसम्मत चयन गरेको थियो । बन्द शत्रले निवर्तमान कार्यसमितिका सविच कृष्णप्रसाद ज्ञवालीले तयार गरेको सचिवको प्रतिवेदनलाई सुझावसहित पारित गरेको थियो । प्रगतिशिल प्राध्यापक संगठन सप्तगण्डकी एकाइका निवर्तमान अध्यक्ष गोबिन्दप्रसाद पराजुलीले नवनिर्वाचित कार्यसमितिलाई नयाँ कार्यकालको सफलताको शुभकामना दिए । अधिवेशनको उद्घाटन शत्रमा निवर्तमान कार्यसमितिका उपसचिव मधुसूदन दवाडीले स्वागत मन्तव्य राखेका थिए । स्याङ्जाबाट विद्यार्थीकालदेखि एमालेको राजनीति सुरु गरेका नवनिर्वाचित अध्यक्ष उपाध्याय नेपाल बुद्धिजीवी परिषद् नवलपुरका सचिव समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>