Breaking News
भीमबहादुर विक मृत्यु प्रकरणः कुटपिट गर्ने दुई जना पुर्पक्षका लागि कारागार चलान
०

चितवन, कात्तिक २६–
चितवनको नारायणगढस्थित दुर्गा मन्दिर नजिकै स्थानीय भीमबहादुर विकको कुटपिट गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटपिटका कारण ५८ वर्षीय विकको मृत्यु भएको भन्दै मृतकका छोरा किसन विकले उनीहरूलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही मुद्धामा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
गत असोज २८ गते दसैंको नवमीको दिन बिहान भरतपुर–४ स्थित दुर्गा मन्दिर नजिकै स्थानीयको कुटपिटबाट विकको मृत्यु भएको थियो ।
मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























