चितवन विशेष

चितवनमा दर्ता भएकै ठाउँमा नफर्किने एम्बुलेन्सलाई कार्वाही गरिने

Banner

चितवन, कात्तिक २६–

बिरामी पुराएर दर्ता भएको स्थानमा तत्कालै नफर्किने एम्बुलेन्सलाई कार्वाही हुने भएको छ । चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जको २० औं वार्षिकोत्सवको अवसरमा ‘एम्बुलेन्सको अवस्था’ विषयमा आयोजित जन बहस कार्यक्रममा दर्ता भएकै ठाउँमा एम्बुलेन्सले बिरामी कुर्नुपर्ने नियमलाई कडाईका साथ कार्यन्वन गर्नु पर्ने भन्दै सरोकारवालाले कार्वाहीको लागि जोड् दिएका हुन् ।

अस्पतालमा बिरामी कुरेर बस्नेत तर ग्रामिण भेग र दर्ता भएका ठाउँमा एम्बुलेन्स नहुने गरेको भन्ने प्रश्नको जभाफ दिदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले समेत यस विषयमा प्रशासनले कडाई गर्ने बताउनु भयो । उहाँले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनका लागि नियमहरु कडाइका साथ लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले सेवा दिन गाह्रो मान्ने र फोन सम्पर्कमा नआउने एम्बुलेन्सहरुलाई दर्ता खारेजी प्रक्रिया सम्म लैजान सकिने बताउनुभयो । ‘एम्बुलेन्स अति आवश्यक सेवा हो, हामीले सेवामा रहेका एम्बुलेन्सहरुलाई चेकजाँचमा कडई पनि गरेको छैन् तर उद्धेश्य अनुसार एम्बुलेन्सले सेवा नदिएको भन्ने गुनासो आएमा हामीलाई खबर गर्नुस्, त्यस्ता एम्बुलेन्सको दर्ता खारेजी पनि गर्न सक्छौँ’–उहाँले भन्नु भयो ।

स्वास्थ्य कार्यलय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले प्रशासनसंग समन्वय गरेर आमसर्वसाधारणले थाहा पाउँने गरी एम्बुलेन्सको भाडादर सार्वजनिक ठाउँमा राखिने समेत बताउनुभयो। बहसमा भाडामा सेवाग्राही ठगिने गरेको भन्ने प्रश्न उठेसंगै उहाँले यस्तो प्रतिवद्धता गर्नु भएको हो ।

यस्तै, संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बहसमा एम्बुलेन्स चालक र संघ माथि उठेका प्रश्नको जवाफ दिदैं आफूले एम्बुलेन्स संघ सम्बन्धित अनुगमनको बिरोध नगरेको बताउँदै एम्बुलेन्सको अनुगमन गर्दा निष्पक्ष र समान तरिकाले गर्न आग्रह गर्नुभयो ।

यसैगरी, जुनसुकै अवस्थामा पनि अगुगमन गर्न, तथा एम्बुलेन्सलाई प्रयोग गरि गैरकानुनी काम गरेको थाहा पाए कारवार्ही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले चेतावनी दिनुभयो ।

बहसमा एम्बुलेन्स चालकहरुले पनि सेवा दिने क्रमका आफना भोगाइहरु सुनाउँदै आफूहरु माथि आइलाग्ने आरोपले काम प्रति झनै नैराश्यता लाग्ने बताएका थिए । उनीहरुले बिरामीको ज्यान एम्बुलेन्स चालकहरुको हातमा हुने बताँउदै चालकलाई आधारभूत स्वास्थ्य सम्बन्धी तालिम तथा जानकारी दिनु जरुरी रहेको बताएका थिए ।

निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारीले स्वास्थ्य क्षेत्रको अभिन्न अंगको रुपमा रहेको एम्बुलेन्स सम्बन्धी निर्देशिका अनुसार सेवा दिन नसकिएको कुरा स्वीकार गर्दै प्रभावकारी सेवाका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभाये ।
कार्यक्रममा प्रस्तोता एवं सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले जनसरोकारका सवालमा सिनर्जी एफएमले आगामीमा दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>