Breaking News

एमालेका नेताहरु चितवनको सौराहामा पिङमा सरर…

Banner

चितवन, कात्तिक २५-

दसौं महाधिवेशन अन्तर्गत बन्दसत्र हुने चितवनको पर्यटकीय नगरी सौराहामा आवास व्यवस्थापनको तयारी गर्न आएका नेकपा (एमाले)का शीर्ष नेताहरुले पिङको मजा लिएका छन् ।

पार्टीको आवास व्यवस्थापनको विषयमा दिनभर छलफलमा व्यस्त नेताहरुले एक छिन फुर्सदमा पिङ खेलेका हुन् । सौराहाको सेभेन स्टार होटलमा बन्द शत्र गर्ने हल निर्माणको विषयमा जानकारी लिन पुगेका नेताहरुले पिङको मजा लिएको नेकपा एमाले भरतपुर महानगरका पूर्वअध्यक्ष रामप्रसाद न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए । उनले सेभेन स्टार होटल परिसरको खाली जग्गामा झण्डै चार हजार जना अट्ने गरी बन्द शत्र बनाइने बताए ।
उद्घाटन हुने नारायणी नदी किनारको अबलोकन पछि नेताहरु पर्यटकीय नगरी सौराहा पुगेका हुन् ।

नेताहरुले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको आवास व्यवस्थापनको विषयमा छलफल तथा बन्दसत्र हुने बाघमारा चौरको अबलोकन पनि गरेको नेता न्यौपानेले बताए ।

महाधिवेशनको तयारी र व्यवस्थापनको विषयमा बुझ्न एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताले आज चितवन आएका हुन । एमालेको दसौैँ महाधिबेशन १०–१२ मंसिरमा हुँदै छ । बन्द सत्र सौराहामा हुने तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>