Breaking News
नारायणी किनारमा छठको रौनक (फोटो फिचर)
०

चितवन, कात्तिक २४–
तराईमूलका बासिन्दाको मुख्य पर्वको रुपमा रहेको छठ पर्व चितवनमा धुमधामका साथ मनाईँदै छ । छठपर्वका लागि यहाँको नारायणी नदी किनार सिँगारिएको छ ।
नदी किनारमा टेन्ट टाँङ्गर्ने, पूजाआजाका लागि स्थान बनाउने, नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको छ ।

बुधबार मुख्य दिन अपरान्ह छठ पूजा गर्नेको घुईँचो लागेको थियो । विगत वर्ष कोरोनाका कारण सबैले घरघर मनाएको छठपर्व यसवर्ष कोरोना सङ्क्रमण कम भएकाले स्वास्थ्य मापदण्डको पालना गरी नदी किनारमा मनाउन लागिएको छ । जसका कारण नारायणी किनारमा निकै ठूलो भिड लागेको थियो ।

जिल्लाको छठपूजा हुने मुख्य स्थान नै नारायणी नदी किनार रहेको छ भने पछिल्लो समय टाँडी, पर्सा, माडीलगायतका स्थानमा निकै भिड लागेको थियो ।




तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























