Breaking News

चितवनको क्यान्सर अस्पतालमा १२ वर्ष माथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइने

Banner

काठमाडौँ, कात्तिक २४-

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १२ वर्षभन्दा माथीका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइने भएको छ ।

कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

चितवन लगाएत अन्य कुन-कुन प्रदेशमा छ खोप केन्द्र ?

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका २/२ अस्पताल, प्रदेश १, लुम्बिनी प्रदेशका ३/३ अस्पताल, र गण्डकी प्रदेशमा एक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

यस्तै बागमती प्रदेश चितवन भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र धुलिखेलस्थ्ति धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

यस्तै प्रदेश १ का मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ ।

यस्तै गण्डकी प्रदेशको पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् भने लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

त्यस्तै काठमाडौं उपत्यकामा रहेका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र गरी ८ वटा अस्पताल खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको उक्त १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>