Breaking News

चितवनमा थपिए २२ कोरोना संक्रमित, आठ जना संक्रमण मुक्त, एकको मृत्यु

Banner

चितववन, कात्तिक २३-
चितवनमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्या कार्यालय चितवनको अनुसार ५१६ जनाको पिसियार परिक्षण गर्दा २० जना र एनटिजेन २१ परिक्षण गर्दा दुई जनामा आज कोरोना संक्रमण पष्टि भएको हो ।

आज भरतपुर महानगरपालिकाका १६ जना , खैरहनी नगरपालिकाका एक जना, माडी नगरपालिकाका दुई जना , रतन्न्गर नगरपालिकाका दुई जना , कालिका नगरपालिकाका एक गरी जनामा २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्या कार्यालयले जनाएको छ ।

त्यस्तै आज भरतपुर अस्पतालामा नवलपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ भने भरतपुर अस्पतालामाबाट सात र चितवन मेडिकल कलेजबाट एक गरी आठ संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

चितवनमा हाल सक्रिय संक्रमितको संख्या २९४ रहेको छ जसमध्य विभिन्न अस्पतालको आईसोलेसनमा १३ जना र घरको आईसोलेसनमा २८१ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>