चितवन विशेष
भरतपुरमा आठ वर्षीय बालकको आफ्नै घरको गेटले किचेर ज्यान गयो
०

चितवन, कात्तिक २३-
भरतपुर महानगरपालिका–११ विशाल चोकका आठ वर्षीय बालकको गेटले किचेर ज्यान गएको छ ।
गेटमा खेल्ने क्रममा आफ्नै घरको गेटले किचेर स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्यान गएको हो । उनलाई गेटले किच्नासाथ चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले नारायणी अनलाइनलाई जानकारी दिए ।
तनहुँको डुम्रे भन्सार स्थायी बासिन्दा रहेका मृतक बालक बुबा, आमा दुवै वैदेशिक रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए । सो गेट बनाएको धेरै समय नभएकोले बनाउँदा कमसल बनाएको कारण बालकको ज्यान गएको स्थानीयले जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























