अन्तर्राष्ट्रिय
श्रीनगर बाट शारजाह सम्मको सोझो विमानसेवा सुरुवात
०

दिल्ली ।
वाडिया ग्रुपद्वारा सञ्चालित गो फस्ट विमान सेवाले युएईको शारजाह सम्म श्रीनगर बाट हवाई उडान सुरु गरेको छ । भारतीय आन्तरिक विमान कम्पनीहरू मध्य पहिलो कम्पनीका रूपमा भारतको श्रीनगर वाट अन्तर्राष्ट्रिय उडान गर्दै शारजाह सम्मको उडान गत शनिवार वाट सुरु भएको हो ।
जम्मु र कश्मीर लाई अन्तर्राष्ट्रिय कनेक्टिभिटी प्रदान गर्दै गो फस्टले एयरबस ३२० नियो मोडलद्वारा सेवा दिन थालेको हो । पहिलो फ्लाइट जी८ १५९५ श्रीनगर को शेख उल अलम विमानस्थलबाट गत शनिवार ६ ३० बजे साँझमा उडेको हो । श्रीनगर र शारजाह बिचमा सातामा चार वटा उडान हुने बताइएको छ । गो विमान सेवाका अनुसार यी उडानहरूले दुई सहरहरूका बिच व्यापार र लगानी दुबैमा सहजीकरण गर्ने र टेवा पुर्याउने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























