Breaking News

चितवनको राप्तीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Banner

चितवन, कार्तिक २१ –

चितवनको राप्ती नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राप्ती १ घलानचोकका २८ वर्षीय को सागर लामाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई हिजो शनिबार हात्तीले आक्रमण गरको थियो । हात्तीको आक्रमणपश्चात लामाको शव भेटिएको थिएन् ।

लामाको खोजी गर्ने क्रममा मकवानपुरको मनहरी गाउँपालिका ६ खयरघारीस्थित लोथर खोलाको सागरको शव भेटिएको हो ।

सागर लामासहित घलानचोककै ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ् ड्याम साइडमा घुम्न गएका थिए । त्यसै क्रममा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट कृष्ण लामा सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>