गण्डकी

सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्छः मन्त्री श्रेष्ठ

Banner

दमौली, कात्तिक १९–

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४२, तिहारलगायतका चाडपर्वका अवसरमा तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकार अभिभावक भएकाले सबै धर्म संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै गरिबी उन्मूलनको अभियान थालनी गरेर महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “सबै धर्म, संस्कृतिका कारण नै आज समाजमा सद्भाव कायम रहेको छ, त्यसलाई निरन्तरता दिनुपर्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>