चितवन विशेष

वाईसीएल चितवनको नेतृत्वमा साजन अधिकारी

Banner

चितवन, कात्तिक १७–

योङ्ग कम्युनिष्ट लीग (YCL) चितवनको संयोजकमा साजन अधिकारी चयन भएका छन् ।

चितवनका युवाहरुबीच लोकप्रिय अधिकारी केन्द्रीय कार्यालयले मंगलबार जारी गरेको परिपत्र अनुसार उनी जिल्ला संयोजक चयन भएका हुन् । अधिकारी संगठनको केन्द्रीय सदस्य समेत रहेका छन् ।

२०६३ साल देखि विद्यार्थी राजनीतिमा सक्रिय भई सोहि वर्षदेखि अखिल (क्रान्तिकारी), चितवन माध्यमिक विद्यालय भरतपुरको ईकाई अध्यक्ष, २०६६ मा विद्यार्थी संघठनको ईलाका अध्यक्ष, २०६८ मा जिल्ला सहसचिव, क्षेत्रीय अध्यक्ष, २०७० मा जिल्ला सचिब र २०७२ मा जिल्ला संयोजकको कार्यकाल सफलतापुर्वक सम्पन्न गरि विद्यार्थी सङ्गठनबाट युवा सङ्गठनमा प्रवेश गरेका अधिकारीले उक्त समयमा नै वाईसीएल चितवनको सम्मेलनबाट जिल्ला उपाध्यक्ष, २०७४ मा केन्द्रीय सदस्य, २०७६ पुनः केन्द्रीय सदस्य तथा भरतपुर महानगरको इन्चार्ज बनेका थिए ।

यसैवर्ष २०७८ भदौको भेलाबाट उनी केन्द्रीय सदस्य बनेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>