Breaking News
५ गठबन्धन मिलेर चुनावमा आए पनि एमाले एक्लै काफी छ : अध्यक्ष ओली

चितवन कार्तिक १५ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा ५ गठबन्धन मिलेर आए पनि चुनाव जित्न नेकपा एमाले एक्लै काफी रहेको बताएका छन् ।
आज सोमबार भरतपुर महानगरको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । ५ गठबन्धन चुनावसम्म जारी राख्न आवश्यक रहेको भन्दै केही नेताहरुले भाषण गर्दै हिँडेको बताउँदै उनले जोजो मिलेर आए पनि एमालले सामना गर्ने बताए ।
उनले एमालेले लोकतन्त्रमा विश्वास गर्ने बताउँदै जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए । उनले अब फेरि कसैले मत पत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्न पनि चेतावनी दिएका छन् ।
उनले दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टी ध्वस्त पार्ने कोको हुन् ? भनेर जनताले चिनिसकेको बताउँदै अब एमालेले एक्लै बहुमत ल्याउने बताए ।
आफूहरु हरेक क्षेत्रमा बहुमत ल्याउने संकल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिएका छन् ।
सुरुमा स्थानीय चुनाव आउने बताउँदै उनले स्थानीय चुनावमै विपक्षीहरुलाई धोवीले लुगा पछारे झैं पछार्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
























