Breaking News
दक्षिणपन्थी माधव नेपाल र प्रचण्ड समाजमा भ्रम छर्दै हिडेका छन् : बादल

चितवन, कात्तिक १५-
पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले देश दुई वटा ध्रुवमा ध्रुविकृत भएको बताएका छन् ।
नेकपा एमाले भरतपुर महानगरपालिकाको पहिलो अधिवेशनको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै नेता बादलले कम्युनिस्ट आन्दोलनका दक्षिण पन्थीहरुको नेतृत्वमा एउटा ध्रुव र अर्काे नेकपा एमालेका नेतृत्वमा ध्रुविकृत भएको बादलले बताएका छन् । उनले प्रचण्ड र माधव नेपालले दक्षिणपन्थी प्रवृत्ति देखिएकोले समाजमा भ्रम छरेको आरोप लगाए ।
बुर्जुवाहरुको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका र दक्षिणपन्थीहरुले बुर्जुवाहरुलाई आफ्नो नेतृत्व मानेका बादलले बताएका छन् । नेता बादलले नेपाल फेरि राजनीतिक अस्थिरताको भूमरीमा फसाइएको बताएका छन् । देशी विदेशी शक्तिहरुको षड्यन्त्रणको फलस्वरुप दक्षिणपन्थी सरकार गठन भएको बादलको भनाइ छ ।
नेपालमा राजनीतिक स्थायित्व, समृद्धि र विकास तथा राष्ट्रिय अस्मिता स्वाधिनताको रक्षा गर्ने चुनौती अगाडि आएको बादलले बताए । ऐतिहासिक चुनौती र कार्यभारलाई नेपालको श्रमजीवी वर्गको नेतृत्व गर्ने एमालेले मात्रै पार गर्न सक्ने बादलले बताए । एमालेले मात्रै देशलाई समाजवादको दिशामा अगाडि बढाउन सक्ने बादलको भनाइ छ ।
देशको जिम्मेवारी फेरि एमालेले लिने भन्दै लोकतन्त्रको रक्षा र पुनस्र्थापनाका लागि एमालेले मात्रै यो कार्यभार पूरा गर्नसक्ने बादलले बताए । पहिलो चुनौती दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने पहिलो चुनौती भएको भन्दै बादलले उनीहरुलाई परास्त नगरेसम्म मुलुक नबन्ने बताए । समाजलाई यथास्थितिवादमा राख्ने प्रवृत्ति दक्षिणपन्थी अवसरवाद भएको बादलले बताए ।
नेपाली कांग्रेस दक्षिणपन्थी अवसरवादको नाइके भएको बादलले बताए । प्रचण्ड र माधव नेपाल पनि कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थीको नेतृत्व भएको बादलले बताए । माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै दक्षिणपन्थीहरुको प्रतिनिधि काठमाडौँ र चितवनमा भएका बादलले दाबी गरे ।
























