Breaking News

चितवनका दुई हजार बेमौसमी बर्षापीडित किसानलाई राहत, रत्ननगरले ९० लाख वितरण गर्दै

Banner

चितवन, कात्तिक १५-

चितवनको रत्ननगर नगरपालिकाले बेमौसमी बर्षाबाट पीडित बनेका किसानलाई राहत वितरण गरेको छ ।

नगरपालिकाका मेयर नारायण वनले किसानको खेतमै पुगेर घोषणा गरेको १० दिनमै नगरपालिकाले किसानलाई राहत वितरण गरेको हो ।

असोज २९, ३० र ३१ गते तीन दिनसम्म चितवनमा परेको बेमौसमी बर्षाले किसानको भित्र्याउने बेला भएको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको हो । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा मेयर नारायण वनले सो वडाका किसान ब्रमा चौधरीलाई राहत रकम हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

रत्ननगरमा एउटै किसानको दुई कठ्ठादेखि साढे पाँच कठ्ठा सम्मको धानमा क्षति पुगेको छ । मेयर वनले वडा नं १ का एक दर्जन किसानहरुलाई उद्घाटनका अवसरमा राहत रकम हस्तान्तरण गरेका छन् । सो वडाका रसिर मिँयाले १८ हजार, ब्रम चौधरीले ६ हजार ५०० राहत रकम पाएका छन् । बेमौसमी वर्षाले १६ वटा वडामा दुई हजार किसानको ९०० बिघा धान खेती पूर्णरुपमा क्षति भएको छ । प्रतिबिघा १० हजारको दरले ९० लाख रुपँैया राहत स्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रविण लामाले जानकारी दिए । धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उनले बताए । सबै भन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको साढे ५ बिघा क्षेत्रफलमा लगाएको धान खेती कुहिएर नष्ट भएको छ । उनले मंगलबार वडा कार्यालयबाट ५५ हजार रुपैयाँ राहत रकम पाउँदैछन् ।

सोमबार राहत रकम वितरण कार्यको शुभारम्भ गरेको सो नगरपालिकाले प्रत्येक वडाबाट किसानलाई राहत रकम वितरण गर्ने छ । कार्यक्रममा मेयर वनले धान कुहिएर किसानको आँखामा आशु देख्न नसकेर आफूले राहत दिने घोषणा गरेको र तत्कालै रकम उपलब्ध गराएको बताए । ‘त्यो दर्दनाक दृश्य हेर्ने सकिन’ उनले भने, ‘यस्तो अवस्थामा काम नलागेको सरकार कहिले लाग्ने भन्ने लागेर राहत प्रदान गरेको हुँ ।’ उनले पानीले भिजेको धान र पराल सुकाउन लाग्ने खर्च मात्र आफूले राहतको रुपमा उपलब्ध गराएको बताए । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बजेट अभाव हुँदाहुँदै पनि मेयर सावको किसानप्रतिको चिन्ता देखेर बजेट व्यवस्थापन गरिएको बताए । ‘किसानलाई वितरण गरिएको रकम कुन शीर्षकमा मिलाउने हो त्यो हामीलाई सकस पर्छ’ उनले भने, ‘तर पनि मेयर सावले घोषणा गरेको विषयलाई हामीले इन्कार गर्न सकिएन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>