Breaking News

अदालतमा विवाद देखिनु राम्रो होइनः मन्त्री रेग्मी

Banner

चितवन, कात्तिक १५–

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मीले अदालतमा विवाद देखिनु राम्रो विषय नभएको बताएकी छन् ।

भरतपुर विमानस्थलमा आज विहान पत्रकारहरुसंग कुरागर्दै मन्त्री रेग्मीले न्यायपालिकालाई धेरै समयसम्म विवादित बनाउनु राम्रो नहुने भन्दै यसलाई छिट्टै समाधान गर्नुपर्ने बताइन् । ‘अदालतमा विवाद देखिनु पक्कै पनि राम्रो होइन, यस्तो विवाद देखिनु हुँदैन र छिट्टै समाधान गर्नुपर्छ’–मन्त्री रेग्मीले भनिन् ।

यस्तै मन्त्री रेग्मीले जेष्ठ नागरिक र १२ वर्ष माथिका बालबालिकालाई तिहारलगत्तै कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिइन् । आवश्यक केही मात्रामा खोप आइसकेको भन्दै प्राविधिक काम सकाएपछि खोप लगाउन सुरु गरिने बताइन् । मन्त्री रेग्मी नेपाली कांग्रेसको आयोजनामा हुने विभिन्न कार्यक्रममा सरिक हुन चितवन आएकी हुन् ।

यस्तै मन्त्री रेग्मीले आफू महाधिवेशनमा उम्मेद्वार नबने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>