Breaking News

प्रचण्डलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागिएको होइनः पाण्डे

०
Banner

चितवन, कात्तिक १५–

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम चितवन क्षेत्र नं.१ का सांसद सुरेन्द्र पाण्डेले कुनै व्यक्तिलाई टार्गेट गरेर चितवनमा आयोजना गरिएको भन्ने आरोपको खण्डन गरेका छन् ।

भरतपुर विमानस्थलमा आज विहान पत्रकारहरुसंग कुरागर्दै नेता पाण्डेले चितवनमा महाधिवेशन गर्न कुनै व्यक्तिलाई टार्गेट गर्नेनपर्ने बताए । ‘देशै चलाउँछु भन्ने पार्टीले कुनै एउटा व्यक्तिलाई टार्गेट गर्नेपर्दैन, विधान अधिवेशनमै घोषणा गर्ने तयारी थियो, तयारी नपुगेकाले पछि सारिएको मात्रै हो’–नेता पाण्डेले भने ।

चितवनमा महाधिवेशन गर्ने विषयमा पहिलेदेखि नै छलफल भएको भन्दै ठाउँको सुनिश्चितता भएपश्चात चितवनमा महाधिवेशन गर्ने घोषणा गरिएको बताए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति इंगित गर्दै पाण्डेले भने–‘हामीले उहाँलाई टार्गेट गरेको पनि होइन, पार्टी विशेषलाई किन टार्गेट गर्ने ? उहाँ आफै डराएको हो, डराउनुपर्ने म त देख्दिन ।’

केहीदिन अघि चितवनमा एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेकपा (एमाले)ले आफूलाई घेराबन्दी पार्ने उद्देश्यले बुटवलबाट महाधिवेशन चितवनमा सारिएको आरोप लगाएका थिए ।

यस्तै नेता पाण्डेले चितवनमा महाधिवेशनको तयारी तीव्र पारिएको बताए । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएकाले केही दिन तयारीमा केही अवरोध हुने भएपनि त्यसपश्चात सबै कामलाई तिव्रता दिने बताए ।

उनले बन्द सत्र सौराहामा नै गर्ने तयारी भएकाले क्षेत्रीय होटल संघ, रेवानलगायत संघसंस्थाहरुसंग छलफल गरिएको बताए । उनले नेपालको पश्चिम भन्दा पूर्वी भेगबाट धेरै कार्यकर्ता चितवनमा उतार्ने तयारी भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>