चितवन विशेष

चितवनको बजारमा भित्रियो ‘प्रिन्सेस वाइन’

Banner

चितवन, कात्तिक १४–

चितवनको बजारमा प्रिन्सिेस वाइन भित्रिएको छ । माउण्ट एभरेष्ट वाइनरी प्रा.लि.द्धारा उत्पादित प्रिन्सेस वाइन भरतपुरमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

यस वाइन फलफूलको राजा मानिने स्वदेशी किबीको उत्पादित नेपालकै पहिलो रहेको कम्पनीले दावी गरेको छ ।

अहिले बजारमा प्रिन्सेस रेड र प्रिन्सेस ह्वाइटको रुपमा दुई वटा ब्राण्ड सार्वजनिक गरिएको संचालक विष्णु बाँस्तोलाले जानकारी दिए । हाल ७.५ एमएलको बोटलमा सार्वजनिक गरिएको वाइन अब ४ लिटरमा पनि ल्याउन लागिएको बाँस्तोलाले जानकारी दिए ।

एक वर्षअघिबाट उत्पादन थालिएको वाइन प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सार्वजनिक भइसकेको छ । धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीमा रहेको उद्योगमा हाल २५० जनाले रोजगारी पाएका छन् । उद्योग संचालन गर्न करिव २५ करोड लगानी गरिएको अर्का संचालक करुण शाहले जानकारी दिए । उद्योगले आफै ९० रोपनीमा किबी खेती गरेको छ ।

अहिले यस वाइन बजारले राम्रो प्रतिक्रिया पाएको र सोही अनुसार उत्पादन भइरहेको क्षेत्रीय बजार प्रवन्धक राजेन्द्र न्यौपानेले जानकारी दिए ।

यस वाइनको चितवनमा आधिकारिक विक्रेताको रुपमा युनाईटेड सप्लायर्स रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>