चितवन विशेष
नेकपा (एस) भरतपुर ९ को अध्यक्षमा गैरे
०

चितवन, कात्तिक १२–
नेकपा (एकीकृत समाजवादी) भरतपुर महानगरपालिका वडा नं.९ को अध्यक्षमा मोतीलाल गैरे चयन भएका छन् । शुक्रबार भएको वार्ड भेलाले गैरेको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि नवनियुक्त बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं पार्टीका पोलिटव्युरो सदस्य कृष्ण प्रसाद खनाल रहेका थिए ।
यस्तै कार्यक्रममा पोलिटव्युरो सदस्य एवं पार्टीका चितवन जिल्ला अध्यक्ष डा.कृष्णराज पन्त, केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज सूर्य शर्मा, जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने (लब्ली), सचिव कुलप्रसाद लामिछाने, पार्टीका भरतपुर महानगर कमिटीका अध्यक्ष एवं प्रचार विभाग प्रमुख विष्णुराज महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























