Breaking News

चितवनमा महाधिवेशन सारेर केपी ओलीले गल्ती गरेः प्रचण्ड

०
Banner

चितवन, कात्तिक १२–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा –एमाले)ले चितवनमा महाधिवेशन सारेर गल्ती गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले आज (शुक्रबार) विहान गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बुटवलबाट महाधिवेशन चितवन सारेर ओलीको अर्को गल्ती गरेको टिप्पणी गरे ।

‘बुटवलमा तय भइसकेको महाधिवेशन एकाएक चितवनमा सारेर केपी ओलीले ठूलो अर्को गल्ती गरे, यो ओली हारेको प्रमाण हो’–अध्यक्ष प्रचण्डले भने । उनले बुटवलबाट महाधिवेशन ल्याए पनि यसको फाइदा आफैले उठाउने दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>