Breaking News
चितवन महाभारत र कुरुक्षेत्र बन्दैछः प्रचण्ड

चितवन, कात्तिक १२–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन महाभारत र कुरुक्षेत्रको रुपमा परिणत हुन लागेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले आज (शुक्रबार) विहान गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाई र टक्कर हुन लागेको बताए । ‘चितवन अब महाभारत र कुरुक्षेत्र बन्दैछ, तर यसलाई हिंसात्मक रुपमा नबुझिदिनु होला, यहाँ ठूलो राजनीतिक लडाई हुँदैछ’–अध्यक्ष प्रचण्डले भने ।
उनले दुई वटा प्रवृत्तिको लडाई हुन लागेकाले अहिले देशभित्रको मात्र नभई देशबाहिरको ध्यान पनि चितवन केन्द्रीत भएको बताए । ‘चितवनमा सबैको ध्यान केन्द्रीत भएको छ, देश, विदेश सबैतिर चितवन केन्द्रमा छ’–उनले भने । अध्यक्ष प्रचण्डले चितवनको लडाईमा ठूलो टक्कर हुने वाला रहेको भन्दै जनताले जित्ने या जनताको बैरीले जित्ने छिनोफानो हुने बताए ।
























