चितवन विशेष

भरतपुरमा होटल व्यवसायी संघको इकाई भेला

Banner

चितवन, कात्तिक ११–

नेपालीहरुको महान् चाड बडा दशैंसंगै शुभ दिपावली, छठलगायत पर्वको अवसरमा होटल व्यवसायी संघ चितवनले इकाइ भेला, अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

संघ अन्तरगतका सम्पूर्ण इकाई भेला तथा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान भरतपुरको धावनमा सम्पन्न भएको हो ।

संघका सचिवालय सदस्य एवं इकाई संयोजक कृष्ण कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रमा संघका निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, पूर्वअध्यक्ष एवं सल्लाहकार संयोजक कमल शर्मा गौतम, उपाध्यक्ष केशव हडखोले, लोकनाथ भट्ट (कृष्ण), महासचिव गोपाल श्रेष्ठ, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, माडी इकाई अध्यक्ष गोपाल श्रेष्ठ, मेघौली इकाई अध्यक्ष रामकुमार महतो, शिवघाट इकाई अध्यक्ष डोल बहादुर गुरुङ, भरतपुर इकाई अध्यक्ष राजेन्द्र बोगटीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>