Breaking News

चितवनको बाँदरझुलामा प्रचण्डले दिए ७३ वर्षीय हरिमायालाई नागरिकताको प्रमाणपत्र

Banner

चितवन, कात्तिक ११-

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७३ वर्षीय हरिमाया प्रजालाई नागरिकताको प्रमाणपत्र दिएका छन् ।

माडी नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रशासन चितवनको संयूक्त आयोजनामा भएको नागरिकता बितरण कार्यक्रममा उनले नागरिकताको प्रमाणपत्र दिएका हुन् । उनलाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष दाहालले कार्यक्रमको उद्घाटन गरेका थिए ।

फूलमायॉ प्रजाले ७२ वर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातबाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएकी थिइन् । अर्की ७४ वर्षीय कृष्णमाया घलानले नागरिकता हातमा पाउदा दंग पर्दै अब आफूले बृद्धभत्ता पाउनेमा खुसी व्यक्त गरिन् । सात सन्तानकी हजुरआमाका सातै सन्तानसँग नागरिकता छैन । यस शिविरबाट दुई छोरा दुई बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाउँदैछन् । बाँदरझुलाको नाम परिवर्तन भई हनुमान झुलामा परिणत भएको छ । यस वडामा अधिकांशको नागरिकता छैन भने यहॉका बासिन्दासँग जग्गा धनी प्रमाण पूर्जा नभएको स्थानीय बताउँछन् । चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सिमावर्ती यस बस्तीमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र बस्ती विकासको काम हुन सकेको छैन ।

 

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणि पौडेललगायतले बॉदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए । सो अवसरमा ७३ वर्षीय हरिमाया प्रजा, ७२ वर्षीय फूलमाया प्रजालगायत पाँच जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रचण्डले भूमिहिन सुकुमबासीको नागरिकतासम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताए । उनले बॉदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताए । ‘मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमी आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु, ‘ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस्’ उनले भने ।

सो अवसरमा दाहालले माडीको विकासमा आफूले निर्वाचनका क्रममा गरेका बाचा अनुसार काम अगाडि बढिरहेको दाबी गरे ।

‘हामीले निर्वाचनका क्रममा गरेका बाचालाई बिर्सेका छैनौ सोही बाचाअनुसार काम धमाधम अगाडि बढिरहेको छ । रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीहरूमा पक्कीपुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । दाहालले भने, ‘ सुकुमबासी बस्ती हनुमान झुलामा बिजुली विस्तारका लागि काम भइरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।’

एक प्रसंगमा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री ओलीले माडीमा प्रपोगान्डाको लागि राम मन्दिरको घोषणा गरेको बताउँदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताए । नागरिकता वितरण तथा सहजीकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकता बिहिन स्थानीयलाई घर आगनमै नागरिकता वितरण गर्ने उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>