Breaking News

अबको निर्वाचन पनि चितवनबाटै लड्छु : प्रचण्ड

Banner

चितवन, कार्तिक ७ –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचन पनि चितवनबाटै लड्ने बताएका छन् ।

मंगलबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

चितवनका जनतालाई कुनै भ्रम र द्विविधामा नपर्न आग्रह गर्दै उनले आफूले चितवन नछाड्ने बताए । उनले अबको निर्वाचन आफ्ना लागि अन्तिम हुनसक्ने पनि बताएका छन् ।

यस्तै प्रचण्डले सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको बताए । उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् । न्यायालयको स्वतन्त्रता र गरिमालाई कहिँकतै आँच आउन नदिन आफूहरू सतर्क रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>