Breaking News

नेपाली काँग्रेस चितवनले कात्तिक १५ गते चियापना गर्ने

Banner

चितवन, कात्तिक ८–

नेपाली काँग्रेस चितवनले कात्तिक १५ गते बृहत चियापान समारोह गर्ने भएको छ । काँग्रेस चितवनको आज (सोमबार) सम्पन्न बैठकले चियापना सहित बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको सचिव उत्तम जोशीले जानकारी दिनुभयो ।

काँग्रेसले हरेक वर्ष गर्दै आएको चियापना यस वर्ष कात्तिक १५ गते उद्योग वार्णिज्य संघमा गर्न लागेको हो । सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह रहने जोशीले जानकारी दिनुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकले १४ औं महाधिबेशन अन्तर्गत सम्पन्न वडा अधिबेशन र पालिका अधिबेशनमा निर्वाचित पदाधिकारी, कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधि लाई बधाई दिर्दै वडा सभापति, पालिका सभापतिहरु संग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

निकट भविश्यमानै हुने स्थानीय तहको निर्वाचनमाका लागि छुटेका मतदाताको नाम मतदाता नामावलीमा समाबेश गर्न लगाउने, स्थानीय स्तरमा रहेका विद्यालय, वन, सामुदायीक भवन तथा विभिन्न संघ संस्थामा आफ्नो नेतृत्व एबं उपस्थिति वाक्लो वनाउन सबै तहलाई निर्देशन गरिएको जोशीले जानकारी दिनुभयो । बैठकले १४ औं महाधिबेशन भड्कीलो र पेचिलो नबनाउन समेत सबैलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>