चितवन विशेष

भरतपुरका चापागाईको शव नारायणी नदीमा भेटियो

Banner

चितवन, कात्तिक ८–

यहि कात्तिक ४ गतेदेखि हराई रहेका एक वृद्धको आज (सोमबार) नारायणी नदीमा शव भेटिएको छ ।

बेपत्ता रहेका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय नुमाकान्त चापागाईँको शव भरतपुर–२८ निउरे चोकस्थित नारायणी नदीको बीच भँगालोमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नहररि अधिकारीले जानकारी दिए । चापागाई हराएको भन्दै आफन्तले प्रहरीमा निवदेन दिएका थिए । सोही क्रममा खोजतलास गर्दा चापागाई राति ८ बजे पुलचोकबाट गैंडाकोटतर्फ गएको सिसि टिभी फुटेजमा देखिएको थियो ।

फुटेजमा चापागाई गैंडाकोटतर्फ गएको तर गैंडाकोट पुगेको समेत नदेखिएपछि उनको खोजी नारायणी नदीमा गरिएको थियो । खोजतलासकै क्रममा नारायणी नदीमा उनको शव भेटिएको र कानुन बमोजिम कार्य सम्पन्न गरि शव आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>