Breaking News

भरतपुर बाइपास २ किमि सडक विस्तार : ५ वर्षमा पनि सकिएन काम, ठेकेदार कम्पनी सम्पर्कबिहिन

  • Logo
    app haru
  • ८ कार्तिक २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड

चितवन, कार्तिक ८ –
भरतपुर बाइपास सडक विस्तारको काम सम्पन्न नगरी ठेकेदार कम्पनी सम्पर्कबिहिन भएको छ ।

सडक विस्तारको काम गरिरहेको गौरीपार्वती निर्माण सेवा कम्पनी पछिल्लो ६ महिनादेखि सम्पर्कविहिन भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

हालसम्म सडक निर्माणको ८६ प्रतिशतमात्र काम सम्पन्न भएको डिभिजन कार्यालयकी इन्जिनियर आशिका पोखरेलले जानकारी दिइन् । उनले सडकका बीचमा डिभाइडरको काम, फुटपाथको काम, कुनैकुैनै स्थानमा ग्राबेलको काम, कुनैकुनै स्थानमा पिचको काम बाँकी रहेको जानकारी दिइन् । डिभाइडरको काम गर्दागर्दै बीच सडकमै लथालिङ्ग पारेर ठेकेदार कम्पनी भागेको हो ।

कुल साढे चार किलोमिटर रहेको यस सडकको बसपार्कदेखि विशालचोकसम्मको २२ सय मिटर सडक विस्तारको काम गौरीपार्वती निर्माण सेवाले गरेको हो । २०७३ पुसमा १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको उक्त सडकखण्ड विस्तारको काम ५ वर्ष पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै म्याद थपको आग्रह गरिरह्यो भने सडक डिभिजनले पनि म्याद थपको अनुमति दिइरह्यो ।

४ वर्षसम्म सडक खनेर अलपत्र पारी ठकेदार कम्पनीले सबैलाई सास्ती दिएको थियो । यात्रु, सवारी चालक र स्थानीयको पटकपटकको गुनासो, सञ्चारमाध्यमसहित सरोकारवाला निकायको चर्काे दबाबपछि अन्तत कम्पनीले सडक पिचको काम सम्पन्न गरेको थियो । करिब १० महिना अघि सडक पिचको काम सम्पन्न भएको थियो ।

तर सडक पिच भएपछि पनि कम्पनीले अन्य काम सम्पन्न गर्न ढिलासुस्ती गरिह्यो । अन्तत अहिले पछिल्लो ६ महिनादेखि ठेकेदार कम्पनी नै सम्पर्कबिहिन भै फरार जस्तै रह्यो ।

निर्माण कम्पनी सम्पर्कमा नआउँदा दशैंका बेला सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम सडक डिभिजन आफैले गरेको पोखरलले बताइन् । ठेकेदार कम्पनीले सडकका खाल्डाखुल्डी पनि नपुरी फरार भएको थियो ।

काममा नआउनुको तीन दिने स्पष्टिकरण सोधि पत्र पठाइएको बताउँदै उनले तीन दिनभित्र पनि सम्पर्कमा नआए निर्माण कम्पनीलाई कडाभन्दा कडा कारबाही गर्ने बताएकी छिन् ।

काम सम्पन्न भइसकेको भागको रकम भुक्तानी पनि रोकिएको उनले बताइन् । यो पनि एक प्रकारको कारबाही भएको उनको भनाइ छ । अझै पनि काम सुरु नगरे जरिवाना गर्ने र अर्काे कम्पनीलाई जिम्मा दिने सम्मको निर्णयमा आफूहरु पुग्न सक्ने उनको भनाइ छ ।

निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाका प्रबन्ध निर्देशक रामकुमार थापाले सडक निर्माणमा निकै नै ढिलासुस्ती भएको स्वीकार गर्दे यसमा कम्पनीको प्रत्यक्ष संलग्नता नरहेको बताए । सडक डिभिजनसँग सम्झौता गरीसकेपश्चात आफूहरुले स्थानीय कम्पनी तार्गेट मिट कन्ट्रक्सनसँग सम्झौता गरी सोही कम्पनीलाई जिम्मा दिएको उनले बताए । तार्गेट मिटले नै आजसम्म ढिलासुस्ती गरेको भन्दै उनले आफ्नो कम्पनीको बँचाउ गरे । उनले अब आफ्नो कम्पनीले ले नै बाँकी काम सक्ने बताए । आजभोलिबाटै काम सुरु गरिने बताउँदै उनले एक महिनाभित्र काम सक्ने बताएका छन् ।

तार्गेट मिट कन्ट्रक्सनका शरद अधिकारीले सडक निर्माण ढिलाइ हुनुमा विभिन्न कारणहरु रहेको बताए । उनले सबै पक्षको कमजोरी रहेको बताएका छन् । उनले १५ महिने ठेक्का सम्झौता भएको अवस्थामा नेपाल सरकारले नै पोल समयमा नसार्ने, रुख समयमा नकाटिदिने, खानेपानीको पाइप समयमै व्यवस्थापन नगरिदिएका कारण सडक विस्तार कार्य ढिलाइ भएको बताए ।

सम्बन्धित समाचार :

भरतपुरको बाइपास सडकको विजोगः चार वर्षमा पनि भएन साढे दुई किलोमिटर काम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>