Breaking News

भरतपुर अस्पतालमा बाराका एक कोरोना संक्रमितको मृत्यु, आज चितवनमा ३३ संक्रमित थपिए

Banner

चितवन, कात्तिक ८-

चितवनको भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार बाराका एक संक्रमितको विगत २४ घण्टामा भरतपुर अस्पतालमा निधन भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ४३ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १५ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा २८ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट तीन जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

त्यसैगरी चितवनमा विगत २४ घण्टामा ३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा २७ जना, खैरहनी नगरपालिकामा दुई जना, रत्ननगर नगरपालिकामा तीन जना र कालिका नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४६ जना पुगेको छ जसमध्ये घरमा आइसोलेसनमा २२१ जना र अस्पतालको आइसोलेसनमा २५ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणको कारणले ४२६ जनाले ज्यान गुमाएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>