चितवन विशेष

स्व.जितबहादुर पिया स्मृति उत्कृष्ट लियो अवार्ड जिसीलाई

Banner

चितवन, कात्तिक ७–

लियो क्लव अफ नारायणगढका वर्ष २०२०/२१ का अध्यक्ष गणेश जिसीलाई लियो अवार्डले सम्मान गरिएको छ ।

वर्षभरिमा उत्कृष्ट कार्य गरी क्लवलाई चलायमान बनाउन सफल जिसीको योगदानको मूल्यांकन गरि स्वर्गीय जित बहादुर पिया स्मृति उत्कृष्ट लियो पुरस्कारबाट सम्मान गरिएको हो । लायन्स क्लव अफ नाराणगढका पूर्वअध्यक्ष शान्त कुमार पिया, पूर्वअध्यक्ष प्रशान्त कुमार पिया र लियो क्लव अफ नारायणगढका वर्ष २०१२/१३ का अध्यक्ष सबल पियाले अध्यक्ष जिसीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

लायन्स क्लव अफ नारायणगढका संस्थापक मध्येका एक स्वर्गीय पियाको स्मृतिमा नारायणगढ लायन्स चोकमा स्वर्गीय जितबहादुर पिया भोकेशन ट्रेनिङ सेन्टरको स्थापना गरिएको थियो । सोही भवनका कारण लायन्स चोकको नामाकरण समेत गरिएको थियो । सामाजिक संस्थामा सदैव सक्रिय भएर लागेका पियाको स्मृतिमा उनका दुई छोराहरु शान्तकुमार र प्रशान्त कुमार पियाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>