चितवन विशेष

रेडियो देवघाटको अध्यक्षमा भुसाल चयन

Banner

चितवन, कात्तिक ७-

रेडियो देवघाट सञ्चालक समितिको अध्यक्षमा विजयराज शर्मा भुसाल चयन भएका छन् ।

शनिबार सम्पन्न सगरमाथा सञ्चार सेवा (सामुदायिक रेडियो देवघाट)को तेस्रो अधिवेशनबाट भुसालको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा चेतनारायण सापकोटा, महासचिवमा निरञ्जन हाडा दोहोरिएका छन् भने समितिको कोषाध्यक्षमा सृजना देवकोटा चयन भएकी छन् ।

रेडियो कार्यसमितिको सदस्यहरुमा प्रमोदकुमार श्रेष्ठ, रामेश्वर पौडेल, बेलबहादुर गुरुङ, जगदिश्वर खनाल र विशालबाबु तिमिल्सेना चुनिएका छन् । यसबाहेक खडानन्द सापकोटाको संयोजकत्वमा विष्णुप्रसाद धिताल रहने गरी लेखा समिति समेत गठन भएको छ । यसैगरी सल्लाहकारहरूमा रामकृष्ण घिमिरे, जगन्नाथ पौडेल, नविनराज पौडेल, अर्जुन अधिकारी, मदनभक्त अधिकारी र भूपतिदास सापकोटा चयन भाएका छन् । अधिवेशन लगत्तै प्रतिबद्धता मन्तव्य राख्दै नवअध्यक्ष भुसालले संस्थागत विकासका विभिन्न कार्ययोजना सार्वजनिक गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>