Breaking News

चितवनका दुई मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु, थप दुई संक्रमित थपिए

Banner

चितवन, कात्तिक ७-

चितवनका दुई मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा चितवन मेडिकल कलेजमा अर्घाखाँचीका एक जना र पुरानो मेडिकल कलेजमा चितवनकै एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ४४ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १८ जना, भेन्टिलेटरमा चार जना र एचडीयूमा २६ जना रहेका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ८ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

त्यसैगरी चितवनमा विगत २४ घण्टामा दुई जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा मात्र दुई जना संक्रमित थपिएका हुन् । अन्य स्थानीय तहमा विगत २४ घण्टामा कुनै पनि संक्रमित थपिएनन् ।

त्यस्तै चितवनमा कोरोनाका संक्रिय संक्रमितको संख्या २१९ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा १९३ जना र अस्पतालको आइसोलेसनमा २६ जना रहेका छन् । चितवनमा पहिलो र दोस्रो लहरमा गरेर कोरोना संक्रमणबाट ४२६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म चितवनमा २६ हजार ४८० जना कोरोना संक्रमित भएकोमा २५ हजार ८३५ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>