चितवन विशेष

साइकल र्‍यालीमा सहभागिलाई एक्सपर्टको टिसर्ट सहयोग

Banner

चितवन, कात्तिक ६–

विश्व पोलियो दिवसको अवसरमा चितवनमा साइकल र्‍याली निकालिएको छ । रोटरी क्लव अफ चितवन, रत्ननगर, नारायणगढ, नारायणी मिड–टाउन, भरतपुर, गैंडाकोट, कावासोती र पूर्वीचितवनको संयुक्त आयोजनामा शनिबार र्‍याली निकालिएको हो ।

¥यालीमा १५० जनाको सहभागिता रहेको छ । र्‍यालीमा सहभागिहरु र रोटरियनहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस, चितवनले टिसर्ट सहयोग गरेको छ । एक्सपर्टका लेखा प्रमुख किरण पौडेलले सो टिसर्ट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोलियो कार्यक्रम संयोजक एवं रोटरी क्लव अफ रत्ननगरका पूर्वअध्यक्ष बिपिन पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए । र्‍याली विहान ७ बजे उद्योग वाणिज्य संघ, चितवनको प्राङगणबाट सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>