चितवन विशेष

नारायणगढका तीन लायन्स तथा लियो क्लवको पदस्थापन

Banner

चितवन, कात्तिक ६–

चितवनका तीन लायन्स तथा लियो क्लवको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाकै पुरानो नारायणगढ लायन्स क्लव, नारायणगढ नारायणी लायन्स क्लव र नारायणगढ लियो क्लवको संयुक्त पदस्थापन कार्यक्रम शनिबार नारायणगढमा सम्पन्न भएको हो ।

नारायणगढ लायन्सका अध्यक्ष केशव अधिकारीले वर्ष २०२१/२२ का अध्यक्ष जयराम श्रेष्ठलाई पदहस्तान्तरण गरे भने नारायणगढ नारायणीकी अध्यक्ष राममाया श्रेष्ठ जोशीले वर्ष २०२१/२२ की अध्यक्ष प्रेमप्रभा अधिकारीलाई पदहस्तान्तरण गरिन् । लियोका अध्यक्ष गणेश जिसीले वर्ष २०२१/२२ का अध्यक्ष मोहन तिवारीलाई पदहस्तान्तरण गरे । नयाँ समितिलाई लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर रामप्रसाद भट्टले सपथ ग्रहण गराएका थिए ।

यस्तै दुई वटा नयाँ क्लवलाई बडापत्र प्रदान गरिएको छ । नारायणगढ लायन्स क्लवले स्पोन्सर गरेको लायन्स क्लव अफ रामनगर र नारायणगढ नारायणी लायन्स क्लवले स्पोन्सर गरेको लायन्स क्लव अफ नारायणी क्रियटिभलाई लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर रामप्रसाद भट्टले बडापत्र हस्तान्तरण गरे । साथै भर्खरै लायन्स भएका सबै पदाधिकारीहरुलाई उनले सपथ ग्रहण समेत गराएका थिए ।

सो क्रममा बोल्दै गर्भनर भट्टले नेपालको सामाजिक क्षेत्रमा लायन्सले उल्लेखीय कार्य गरेको बताए । उनले रक्तदानका सन्दर्भदेखि विपन्न परिवारको साहाराको रुपमा लायन्स क्लवहरुले प्रभावकारी कार्य गर्दै आइरहेको बताए ।

लायन सुरेश श्रेष्ठले संचालन गरेको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर प्रभातकुमार जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नयाँ कार्यकाल सम्हालेका अध्यक्षहरुले भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्षहरुले आफ्नो कार्यकालमा गरेका कार्य विवरणहरु प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>