चितवन विशेष
नेकपा एमाले रत्ननगर-१० को अध्यक्षमा एकबहादुर जिसी
०

चितवन, कार्तिक ६-
नेकपा (एमाले) रत्ननगर नगरपालिका वडा नंं १० को अध्यक्षमा एकबहादुर जिसी चएन भएका छन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट जिसी सर्वसम्मत चयन भएका हुन्।
वडा उपाध्यक्षमा छन्नुराम चौधरी, सचिव कासीनाथ शर्मा, उपसचिव उदेश भण्डारी, मिना श्रेष्ठसहित २३ सदस्यीय कमिटी गठन गरिएको छ। नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्। वडा अधिवेशनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्समार्फत सम्वोधन गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























