Breaking News

सुर्खेतको सामुदायिक वनमा बम विस्फोट, दुई घाइते, एकको अवस्था चिन्ताजनक

Banner

सुर्खेत, कात्तिक ६-
आज बिहान पौने ११ सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका- ७, स्थित कट्कुवा सामुदायिक वनमा घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीका अनुसार घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको छन् ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै ‘समुदायिक वन खुलेको समयमा, आज बिहान पौने १० : ४५ बजे एक्कासी बेवारिसे बम बिस्पोट हो । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>