Breaking News

अबको चुनावमा शानदार ढंगले एक्लै बहुमत ल्याउने गरी तयारीमा लागौं: ओली

Banner

चितवन, कात्तिक ६-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा शानदार ढंगले एक्लै बहुमत ल्याउने गरी तयारी थाल्नुपर्ने बताएका छन् ।

शनिबार चितवनसहित देशभरका वडा अधिवेशनलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले भने, ‘अबको चुनावमा सानदार ढंगले एक्लै बहुमत ल्याउने गरी तयारीमा लागौं। राष्ट्रका उपलब्धिहरु प्राप्तीमा नेकपा एमालेको असाधारण भूमिका छ । हाम्रा सम्पूर्ण क्रियाकलापहरु अनुशासित लोकतान्त्रिक हुनुपर्छ । हामीले अनुशासित पार्टी चाहेका हौं ।’

ओलीले भने, ‘लोकतन्त्रको उन्नत पक्ष हो चुनाव । हाम्रो पार्टी समझदारीका नाममा लोकतन्त्रलाई निषेध गर्ने गल्ती गर्दैन । हाम्रो पार्टीको सम्पूर्ण अधिकार पार्टीका कार्यकर्ता हुन्। पार्टीको सार्वभौमसत्ता कार्यकर्तामा रहन्छ ।’ उनले पाँच दलीय गठबन्धनले प्रतिगमनको नेतृत्व गरेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले यो सरकारले जनताको पक्षमा काम नगरेको बताएका हुन् । उनले भने,‘ गठबन्धनबाट देशलाई अस्थिरतामा धकेल्ने अग्रगमन हुन नदिने, स्वेच्छाचारी मनपरी तन्त्र खडा गर्ने काम भएको छ । ’

गठबन्धनले देशलाई अस्थिरतालाई धकेन्न लागि परेको उनको आरोप छ । ओलीले प्रतिगामी गतिविधिविरुद्ध डटेर सामना गर्न निर्देशन पनि दिएका छन् । उनले राज्यका सम्मानित निकाय विवादमा पर्नु, विवादास्पद हुँदै जानु राम्रो संकेत नभएको बताए । चितवनको सबै स्थानीय तहका ९८ वटा वडामा आज एमालेको अधिवेशन चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>