क्रिकेट

टि–२० विश्वकपः समहू विजेता बन्दै स्कटल्याण्ड सुपर १२ मा प्रवेश

०
Banner

काठमाडौँ, कात्तिक ५–

टि–२० विश्वकप अन्तरगत पहिलो चरणको समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोली ओमानलाई पराजित स्कटल्याण्ड युएईमा हुने सुपर १२ मा प्रवेश गरेको छ ।

समूह ‘बी’को विजेताको रुपमा स्कटल्याण्डले सुपर १२ मा स्थान पक्का गरेको हो । यससंगै स्कटल्याण्ड सुपर १२ को समूह ‘२’ मा परेको छ । यस समूहमा भारत, पाकिस्तान, न्यूजील्याण्ड, अफगानिस्तान, स्कटल्याण्ड र पहिलो चरणको समूह ‘ए’ को उपविजेता टोली रहने छ ।

समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डले ओमानलाई ८ विकेटको फराकिलो अन्तिरले पराजित गरेको हो । ओमानले दिएको १२३ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्याण्ड १७ ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्‍यो । उसका लागि रिची बेरिंगटन अविजित २१ बलमा ३१ रन र म्याथ्यू क्रस अविजित २६ रन बनाए । यस्तै ओपनर एवं कप्तान केली कोइटजरले २८ बलमा ४१ रन बनाए भने जर्ज मुन्सेले २० रन बनाए ।

ओमानका लागि खावर अली र फयाज बटले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित ओभरमा अलआउट हुँदै १२२ रन जोडेको थियो । उसका लागि आकिब इलियासले ३७, कप्तान जीशान मकसूदले ३४, मोहम्मद नदीमले २५ रन बनाए । ओमानका बाँकी व्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
स्कटल्याण्डका लागि जोश डेभीले ३, सफ्यान शरीफ र माइकल लीस्कले समान २/२ विकेट लिए भने मार्क वाटले एक विकेट लिए ।

यस समूहबाट बंगलादेश उपविजेताको रुपमा सुपर १२ मा प्रवेश गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>