चितवन विशेष

भरतपुरको सप्तगण्डकी क्याम्पसमा राखियो आधुनिक डिजिटल सूचना बोर्ड

Banner

चितवन, कात्तिक ४-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आधुनिक डिजिटल सूचना बोर्ड राखिएको छ ।

सप्तगण्डकी क्याम्पस र सप्तगण्डकी आमसञ्चार क्लबले संयुक्तरुपमा लगानी गरी सो डिजिटल बोर्ड राखेका हुन् ।

सूचना बोर्डमा क्याम्पसका सूचना र गतिविधिहरु सबैले देख्ने गरी राखिने जनाइएको छ । बोर्डमा भरतपुरको तापक्रम, समय, मौसम र क्याम्पसको सूचनाहरु देख्न सकिने छ ।
क्याम्पस प्रमुख मणिराज महतोले डिजिटल सूचना बोर्डलाई अझ विस्तार गरेर १२ फिटको बनाइने नारायणी अनलाइनलाई जानकारी दिए । उनले बोर्डमा क्याम्पसको भर्ना, बिदा, परीक्षाका सूचनाहरु राखिने बताए ।

यस बोर्ड राख्नको लागि धेरै समयअघि देखि सप्तगण्डकी आमसञ्चार क्लबले अनुरोध गर्दै आएको र अहिले आफूहरु सो बोर्ड राख्न सफल भएको क्लबका अध्यक्ष अशल गैरेले बताए । ब्लक ‘बी’ मा राखिएको सो बोर्डलाई क्याम्पसमा सबैतिरबाट विद्यार्थीहरुले देख्न सक्छन् । क्यूएए गुणस्तर प्राप्त यस क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा संकायका दर्जनौं विषयमा स्नातकोत्तर तहसम्म पढाइ हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>