Breaking News

नारायणगढको कैलाश आयाल नेपालमा धेरै इन्धन बिक्री गर्ने पेट्रोलपम्पको सूचीमा दोस्रो बन्यो

Banner

चितवन, कात्तिक ४-

नारायणगढको पुलचोकमा रहेको कैलाश आयाल डिस्ट्रिब्युटर्स नेपालमा सबैभन्दा धेरै इन्धन बिक्री गर्ने पेट्रोल पम्पहरुको सूचीमा दोस्रो स्थानमा रहेको छ । सबैभन्दा धेरै इन्धन बिक्री गर्नेमा पहिलो नम्बरमा पथलैयाको प्रहरीको पेट्रोलपम्प रहेको छ ।

कैलाश पम्पले गत आवमा ९७ करोड ९४ लाख ४६ हजार आठ सय ८० रुपैयाँको पेट्रोल र डिजेल खरिद गरेर लगेको अमलेखगन्ज डिपोले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । सो पम्पले ३० लाख २३ हजार ९४३ लिटर पेट्रोल र ७२ लाख ६७ हजार ७९० लाख लिटर डिजेल खरिद गरेको निगमले जनाएको छ । देशभर सञ्चालनमा रहेका करिब एक हजार पाँच सय पेट्रोलपम्पमध्ये कैलास आयाल पेट्रोलपम्पको इन्धन बिक्री दोस्रो नम्बरमा देखिएको हो ।

कैलास आयालका प्रवन्धक शिव जोशीले ग्राहकबाट जितेको विश्वासको कारणले आफूहरु देशकै दोस्रो धेरै तेल बेच्ने पेट्रोल पम्प बनेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हामी शुद्ध तेल बेच्छौं भन्ने देशभरको ग्राहकलाई विश्वास भएकोले नै हामी यो अवस्थामा आइपुग्यौं । नारायणगढको पुलचोक देशकै केन्द्रभागमा भएकोले पनि देशभरका सवारीसाधनहरु इन्धन भर्न पुलचोक आइपुग्छन् । ’

नारायणगढको पुलचोकमा नारायणी पुल बनेसँगै विसं २०४२ सालमा कैलाश पेट्रोल पम्पको स्थापना भएको हो । पम्पले उपलब्ध गराएको तथ्यांक अनुसार यस पम्पबाट डिजेल दैनिक ३० हजार र पेट्रोल दैनिक १० हजार लिटर बिक्री हुने गरेको छ । पम्पमा ६ वटा नोजलबाट तेल बिक्री हुने गर्छ । पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई ध्यान दिएर डिजेल २४ सैं घण्टा बिक्री हुने गरेको छ भने पेट्रोल रातको १२ बजेसम्म बिक्री हुने गरेको छ । कैलाशले गैँडाकोटमा पनि केपी ट्रेडर्सको नाममा अर्काे पम्प स्थापना गरेको छ । यस पेट्रोल पम्पमा २८ जना कर्मचारीहरु रहेका छन् । चारवटा निजी ट्याङ्करले तेल पम्पमा तेल ओसार्ने गर्छन् ।

देशभर सबैभन्दा धेरै तेल बिक्री गर्ने १० वटा पम्पको सूचीमा दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमातहतका मात्रै सातवटा पम्प रहेका छन् । बाँकी तीनवटा पम्प बागमती प्रादेशिक कार्यलय, थानकोटमातहतका छन् । निगमका अनुसार तेस्रो धेरै इन्धन बिक्री गर्ने पम्पको सूचीमा काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाले सञ्चालन गर्दै आएको रिपुमर्दिनी पेट्रोल स्टेसन रहेको छ । चौथो र पाँचौँ नम्बरमा धादिङको भैरवी इन्टरप्राइजेज र हेटौँडाको जयश्री आयल डिस्ट्रिब्युटर्स रहेका छन् । छेटौँ नम्बरमा ललितपुरको पुल्चोकमा रहेको साझा सहकारीले सञ्चालन गरेको पम्प रहेको छ । सातौँ, आठौँ र नवौँ नम्बरमा हटौँडाका तीन पम्प सूचीकृत भएका छन् । १०औँ नम्बरमा भक्तपुर फ्युल सेन्टर रहेको छ । चितवनमा पेट्रोल भन्दा डिजेलको खपत धेरै भएको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>