Breaking News

एमालेको महाधिवेशन चितवनमा, भोलिको स्थायी कमिटी बैठकले टुंगो लगाउँदै

Banner

चितवन, कात्तिक ३

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११, १२ गते चितवनमा हुने सम्भावना देखिएको छ  ।

महाधिवेशनको स्थान कहाँ भन्ने अझै औपचारिक निर्णय नभए पनि सबैभन्दा धेरै सम्भावित ठाउँमा चितवन पर्न गएको नेताहरुले बताएका छन् । देशकै केन्द्र भागमा रहेकोले पनि चितवन सबैभन्दा सहज ठाउँ हुने सक्ने भन्दै पार्टीमा छलफल भइरहेको छ ।

एमालेले बिहीबार महाधिवेशनको स्थानको तय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा महाधिवेशनको स्थान बिहीबार तय हुने जानकारी दिए । ओलीले विधान महाधिवेशनमा राष्ट्रिय महाधिवेशन अन्यथा नभए बुटवलमा हुने बताएका थिए । बिहीबारको कार्यक्रममा उनले आफूले त्यतिबेला बुटवलबाट माग आइसकेको जानकारी मात्रै गराएको बताए ।  उनले बुटवलमा महाधिवेशन नहुने संकेत पनि गरेका छन् ।

एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार महाधिवेशन चितवनमा हुने सम्भावना छ । तर, भोलि बस्ने स्थायी कमिटीले स्थानबारे टुंगो लगाउने उनले बताए । ‘महाधिवेशन चितवनमा हुन सक्ने सम्भावना छ । भोलिको बैठकले स्थान टुंग्याउँछ’, उनले भने । त्यस्तै एमालेले वडा अधिवेशन कात्तिक ६ र पालिका अधिवेशन ९ गते गर्दैछ । लगातार आएको वर्षाका कारण बाढीले क्षति पुगेर हुन अधिवेशन हुन नसक्ने ठाउँका विषयमा भने छलफल हुने उनले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>