क्रिकेट

टि–२० विश्वकप वार्मअपः भारतले इङल्याण्डलाई ७ विकेटले हरायो

Banner

काठमाडौँ, कात्तिक १–

पुरुष टि–२० विश्वकप अन्तरगतको वार्मअप खेलमा भारतले इङल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा सोमबार भएको खेलमा भारतले इङल्याण्डलाई सहजै पराजित गरेको हो ।

इङल्याण्डले दिएको १८९ रनको लक्ष्य पछ्याएको भारतले ६ बल बाँकी छदै ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । उसका लागि इशान किशनले ७०, केएल राहुलले ५१, कप्तान विराट कोहलीले ११, सूर्यकुमार यादवले ८ रन बनाए । ऋषभ पन्त अविजित २९ रन र हार्दिक पाण्डेयले अविजित १६ रन बनाए ।

इङल्याण्डका लागि डेभिड विली, मार्क वुड र लियाम लिविङगस्टोनले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको इङल्याण्डले ५ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले ४९, मोईन अलीले अविजित ४१ र लियाम लिविङगस्टोनले ३० रन बनाए ।

भारतका लागि मोहम्मद शमीले ३, राहुल चाहर र जसप्रित बुमराहले समान एक/एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>