Breaking News

टि–२० विश्वकपः आयरल्याण्डको विजयी सुरुवात, क्याम्फरले लिए सनसनी पूर्ण ४ विकेट

Banner

काठमाडौँ, कात्तिक १–

टि–२० विश्वकप अन्तरगत पहिलो चरणको खेलमा कर्टिस क्याम्फरको ह्याट्रिकको मद्धतमा आयरल्याण्डले विजयी सुरुवात गरेको छ । पहिरो राउण्डको समूह ‘ए’ अन्तरगतको खेलमा आयरल्याण्डले चिरपरिचित प्रतिद्धन्द्धी नेदरल्याण्डलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो ।

नेदरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १५.१ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्‍यो । आयरल्याण्डका पउल स्टर्लिङले अविजित ३९ बलमा ३० रन बनाए भने कर्टिस क्याम्फरले अविजित ७ रन बनाए । यस्तै ग्यारेथ डेलानीले २९ बलमा ४४, कप्तान एन्डी बलबिर्नेले ८ र केभिन ओब्रायनले ९ रन बनाए ।

नेदरल्याण्डका लागि फ्रेड क्लासेन, ब्रान्डन ग्लोभर र पीटर सीलारले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्ड निर्धारित ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो । उसका लागि म्याक्स ओडडले सर्वाधिक ५१, पीटर सीलारले २१, कोलिन एकरमन र लोगान भ्यान बीकले समान ११/११ रन बनाए भने ५ खेलाडी शून्यमै आउट भए ।

नेदरल्याण्डको पारीलाई कर्टिस क्याम्फरले धरासायी बनाए । कर्टिस क्याम्फरले ह्याट्रिकसहित ४ विकेट लिए । उनले दशौं ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा लगातार विकेट लिएर सनसनी मच्चाएका थिए । ४ ओभर बलिङ गरेका क्याम्फरले २६ रन खर्चिए । यस्तै मार्क अडयरले ३ र जोश लिटलले एक विकेट लिए ।

खेलमा एकै ओभरमा लगाचार चार विकेट लिएर सनसनी मच्चाएका क्याम्फर म्यान अफ दि म्याच घोषित भए । जारी विश्वकपमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । जितसंगै पहिरो राउण्डको समूह ‘ए’ रहेको आयरल्याण्ड शीर्ष स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>