Breaking News

साफ उपविजेता फुटबल खेलाडीलाई जनही ५ लाख, प्रशिक्षकलाई ३ लाख दिने सरकारको निर्णय

Banner

काठमाडौँ, कात्तिक १–

सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ, प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवत्तला एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनलाई ध्यानमा राख्दै प्रोत्साहन स्वरुप खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको कार्कीले बताए । प्रतियोगिताको फाइनलमा नेपाल भारतसंग ३–० ले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>