Breaking News

नारायणीमा हाम फालेका पुरुष अझै बेपत्ता

Banner

चितवन, कात्तिक १–

चितवनस्थित नारायणी नदीकोको पुलबाट हाम फालेर आज (सोमबार) एक जना बेपत्ता भएका छन् ।

नवलपुरको गैंडाकोट क्षेत्रबाट पुलमा आएका अन्दाजी ५५ वर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । हाम फालेका पुरुषको खोजी कार्य जारी रहेको उनले बताए । सोमबार साँझ अबेरसम्म खोजी कार्य जारी राखे पनि बेपत्ता पुरुष फेला नपरेको उनले जानकारी दिए ।

आज विहानैदेखि परेको वर्षाले नारायणीको बहाब पनि बढेको छ भने पानी पनि धमिलो भएको छ । जसका कारण खोजी कार्यमा थप समस्या भइरहेको अधिकारीले जानकारी दिए ।

बेपत्ता पुरुषले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेका छन् । तर उनको परिचय खुल्ने कुनै पनि कागजात फेला नपरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>