Breaking News

साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो, खेलकुद मन्त्रीले गरे स्वागत

Banner

काठमाडौँ, कात्तिक १–

पहिलोपटक साफ च्याम्पियनसिपको उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएको छ ।

खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थलमै पुगेर स्वागत गरेका थिए । खेलाडीहरुलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

माल्दिभ्समा भएको साफमा नेपाल इतिहास रच्दै पहिलो पटक फाइनलमा पुगेको थियो । उपाधि भिडन्तमा भने भारतसाग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

नेपाली टोलीमा रहेका खेलाडी रोहित चन्द र प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने नेपाल आएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>