देश/प्रदेश

गृहमन्त्रालयले गर्‍यो सिडियोहरुको सरुवा, मुस्ताङको सिडियोमा शर्मा

Banner

काठमाडौँ, कात्तिक १–

गृह मन्त्रालयले पुनः प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो ।

इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुका उपसचिव नेत्रप्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय मुस्ताङको सिडियोको रुपमा सरुवा गरिएको छ । शर्मा यसअघि चितवनबाट कपिलवस्तु सरुवा भएका थिए ।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ ।

सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो ।

यसैगरी गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>