चितवन विशेष

पत्रकार नेपालको निधनप्रति प्रेस युनियन चितवनद्धारा समवेदना प्रकट

Banner

चितवन, असोज ३१–

पत्रकार द्धारिका नेपालको निधनप्रति नेपाल प्रेस युनियन चितवन शाखाले दुःख व्यक्त गरेको छ । युनियनका सचिव प्रस्ताव सुवेदीद्धारा जारी समवेदना वक्तव्यमा पत्रकार नेपालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

नेपालको निधनले चितवनको पत्रकारिता क्षेत्रले एक कुशल पत्रकार समेत गुमाएको युनियनको वक्तव्यमा उल्लेख छ । नेपाल पत्रकार महासंघ चितवनका सदस्य एवंम कालिका एफ.एम र टिभी कालिकामा कार्यरत नेपालको उपचारको क्रममा आइतबार विहान ५ बजे काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा ४७ वर्षको उमेरमा निधन भएको हो ।

यही असोज २५ गते दशैं मनाउन पुख्र्यौली घर रौतहटको चन्द्रनिगाहपुर जाने क्रममा बीच बाटोमै नेपाल अस्वस्थ भएका थिए । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज ल्याईएको थियो । मष्तिस्कघात भएपछि नेपाललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो ।

स्वर्गीय पत्रकार नेपाल पत्रकारितासंगै शैक्षिक र साहित्यीक क्षेत्रमा उत्तिकै सक्रिय थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>